+
Search

ताजा अपडेट +

पपुलर +

मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्कने

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक ३, बुधबार १३:५४ गते

झापा, कात्तिक ३ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे । साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल स्ट्याण्डमा बसेर हेरेका उनले खेल सकिएपछि नेपाल आफ्नो मुटुमा रहेको र कसैले हटाउन नसक्ने प्रतिक्रिया दिए ।

प्रशिक्षक अल्मुताइरीले बुधबार मात्र फिफाले आयोजना गरेको फ्युचर अफ फुटबल भिडियो कन्फरेन्समा नेपालकै प्रतिनिधित्व गरेका छन् । उक्त भिडियो कन्फरेन्समा पुरुष राष्ट्रिय टिमका प्रशिक्षकहरु सहभागी थिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधबा र नै अलमुताइरीसँग भेट गरेको फोटो फेसबुकमा पोष्ट गरे । उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल ।’

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd