झापा, कात्तिक ३ ।
विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २७ पुग्दा घाइते हुनेको संख्या २२ पुगेको छ
। गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् ।
पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम बनेको छ । इलमामा पहिरोमा परी १३ जनाको मृत्यु हुनो २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।
यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक/एक जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५/५, बैतडी र इलाममा २/२, कालीकोट र डडेलधुरामा एक/एक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।
वेमाैसमी बाढीपहिरोबाट ७७ जनाको मृत्यु, २७ जना बेपत्ता
२०७८ कार्तिक ३, बुधबार १३:४८ गते
प्रतिक्रिया