झापा, असोज ३० ।
झापा, बाह्रदशी गाउँपालिका – ३ राजगढमा सञ्चालमा आएको एभरेष्ट हाइपर मार्केटले विजयादशमी , दीपवली तथा छठ पर्वलाई लक्षित गर्दै बम्पर उपहार योजना सञ्चालनमा ल्याएको छ ।
सात करोड रुपैयाँ भन्दा बढीको लगानीमा हालै सञ्चालनमा आएको हाइपर मार्केटले ग्रामीण क्षेत्रका ग्राहकलाई मध्यजनगर गर्दै दुई वटा स्कूटर बम्पर उपहार राखेको हो ।
एक हजार रुपैयाँ भन्दा बढीको सामग्री खरिदमा ग्राहकलाई कुपन प्रदान गरिने र सो कुपनलाई लक्की ड्र गराएर दुई जना भाग्यशाली विजेतालाई स्कूटर प्रदान गरिने मार्केटका सञ्चालक मुन्ना हुसेनले जानकारी गत वर्षपनि राजगढमा हुसेन परिवारले नै सञ्चालनमा ल्याएको एभरेष्ट सस्तो वजारमा वम्पर उपहार योजना सार्वजनिक गरिएको थियो । जहाँ एक जना भाग्यशाली विजेतालाई एक थान स्कूटर प्रदान गरिएको थियो ।
भाटभटेनीसंग मात्रै प्रतिष्पर्धा गर्ने भन्दै हुसेन परिवारले यो वर्ष ग्रामीण क्षेत्रकै ठूलो र सस्तो वजार सञ्चालनमा ल्याएका छन्दिए । एभरेष्ट हाएपर मार्केट नामाकरण गर्दै विदेशी तथा स्वादेशी सवै प्राण्डका सामग्री खरिद गर्न सकिने गरी मार्केट सञ्चालनमा ल्याएइको छ ।
राजगढ बजारमा सञ्चालनमा ल्याएको मार्केटले अधिकांश ग्राहकको मन जित्न सफल भएको बताइएको छ ।
प्रतिक्रिया