झापा, असोज २९ ।
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पाएको बताए । उनले यसअघि धरतीमा कतैं पनि परमादशेबाट सरकार नबनेको बताए । झापाको बिर्तामोडमा ओलीले बडादशैं, शुभदीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस प्रकारका गलत क्रियाकलाप नगर्न सबैलाई विजयादशमीले सद्बुद्धी दियोस भन्ने कामना गरेका छन् ।
जनताको म्याण्डेड पाएको नेकपा एमालेलाई परमादेशबाट हटाएर समृद्धिको यात्रालाई रोक्ने प्रयास भएको ओलीको आरोप छ । उनले भने, ‘१० वर्षअघिसम्म देश बन्दैन कि भन्ने थियो । अहिले देश बनाउन सकनिे रहेछ भन्ने बनाएको छु ।’ देश बनाउन सकिन्छ, तर गलत स्वार्थ भएकाहरुबाट सबै सचेत भएर खवरदारी गर्नुपर्छ, ओलीले थपे ।
अध्यक्ष ओलीले शुभकामना कार्यक्रममा शुभकामना मात्रै राख्ने भन्दै अन्य दलको टिकाटिप्पणी गर्न चाहेनन् । उनले बडादशैंले सबैलाई सराकात्मक बन्न शक्ति प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरे ।
शुभकामना कार्यत्रममा बोल्दै उनले जनातको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नै लोकतन्त्र ल्याएको धारणा राखे । ओलीले मुलुकमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाएको भन्दै लोकतन्त्र, विधि पद्धतीलाई ख्याल गर्न आग्रह गरेका छन् । उनले परमादेशबाट बहुमत प्राप्त सरकार हटाएको स्मरण गर्दै सट्टापट्टाको खेलले मुलुक धरापमा पर्ने खतरा बढेको बताए । परमादेशबाट बनेको सरकारले ३ महिनासम्म सरकार समेत बनाउन नसकेको, बनाउँदा पनि ‘जेठान’सँग सट्टापट्टा गरेको सुनाए । अदालतले परमादेशको बदलामा सट्टापट्टा गरेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार, गरिव विपन्न, भूमिहीन, सुकुम्बासी विरुद्ध अघि बढेकोले यसले विद्रोह जन्माउने बताए । उनले एमालेका नेता कार्यकर्तालाई भ्रम र कुप्रचारको विरुद्ध लड्न निर्देशन दिएका छन् । निर्वाचनका लागि समेत तयारी अवस्थामा रहन ओलीले संकेत गरेका छन् ।
प्रतिक्रिया