+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो विवाह बन्धनमा बाँधिए मनोज गजुरेल, बेहुली सरकारी अधिकृत

मुनाल न्यूज डेक्स
२०७८ आश्विन २५, सोमबार १४:४१ गते

झापा, असोज २५ ।
चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी गराएको घोषणासहित उहाँले विहेको घोषणा गर्नुभएको हो । उहाँले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विहे गर्नुभएको छ ।

गजुरलेका अनुसार जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । उहाँ लेख्नुहुन्छ, ‘मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।’

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd