झापा, असोज २४ ।
बिर्तामोडकाे महानन्द चाेकमा अहिले राति एक जनाको शव भेटिएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरकाे शव भेटिएको हाे। घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली पुगिसकेको छ ‌‌। राति १० बजेपछि मात्रै प्रहरीले घटनाबारे सूचना पाएको हो ।

अर्जुनधारा-६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मगरकाे शरीरमा चोट लागेको भेटिएको हो । डिएसपी आचार्यका अनुसार मृतकको हातमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय