झापा, असोज २१ ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार बुधबार राति ९ः४५ बजेदेखि कात्तिक २३ सम्मका लागि डीभी चिठ्ठामा सहभागिता जनाउन चाहनेले आवेदन दिन सक्ने छन् ।
अमेरिकी राजदूतावासले डीभी भर्नुअघि निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ–
१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस् ।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस् ।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस् ।
५. स्पोन्सरलगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस् ।
डीभी आवेदन निःशुल्क र आफैले पनि भर्न सकिने छ ।
अमेरिकामा बसाइ सर्ने दर कम भएका देशका नागरिकलाई यो कार्यक्रमको लागि योग्य मानिएको छ । डीभी भर्नेले कम्तीमा उच्च शिक्षा वा सोही बराबरको शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ । काम गर्ने आवेदक भए कम्तीमा दुई वर्ष काम गरेको अनुभव प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया