+
Search

ताजा अपडेट +

पपुलर +

शक्तिपीठहरूमा घुइँचो

मुनाल न्यूज डेक्स
२०७८ आश्विन २१, बिहीबार ०३:५१ गते

झापा, असोज २१ ।
बडा दशैं सुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज घटस्थापनाको दिन दूर्गादेवीका मन्दिरहरुमा पूजा गर्नेहरुको भिडभाड छ । काठमाडौं उपत्यकाका शक्तिपीठ भनेर चिनिने भद्रकाली, नक्शाल भगवती, मैतीदेवी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको लामो लाइन छ ।

मन्दिरमा पूजा गर्न आएकाहरुले मास्क लगाए पनि भौतिक दुरी कायम गरेको भने देखिएको छैन । मन्दिरहरुमा देखिएको भिडभाडले कोरोना संक्रमण फैलिनसक्ने जोखिम बढाएको छ । घटस्थापनाको दिनदेखि दशैंको नवरात्र सुरु हुन्छ । नवरात्रभर दूर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd