झापा, असोज १९ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असोज अन्तिम साता झापा आउनु हुने भएको छ । आफैंले आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान समारोहमा सहभागी हुन अध्यक्ष ओली गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको हाे ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नवमीका दिन गृह जिल्ला झापा आउने भएका छन् । नजिकिदैं गरेको बडादशैं,तिहार, छठ र नेपाल संवत्को पावन अवसरमा आयोजना गरिने शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रममा सहभागी हुन ओली गृह जिल्ला आउने झापाका पार्टी अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
असोज २८ गते आयोजना हुने गरिने कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका नेता कार्यकर्तालाई निमन्त्रणा गरिने अध्यक्ष पाठकले जानकारी दिए । उनका अनुसार चाडवाडमा जिल्लाबासीका लागि शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष पाठकले भने, त्यो दिन जिल्लाका सबै दलका नेताहरुसँग बसेर अध्यक्ष ओलीले शुभकामना दिदंै चिया पिउने योजना बनाइएको छ । कार्यक्रम बिर्तामोडमा आयोजना हुने छ ।
प्रतिक्रिया