झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीका ४२ बर्षीय राजबहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए ।
घाईते राईको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागि नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया