+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १७, आईतवार १०:०८ गते

झापा, १७ असोज, ।
नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।

यो पनि पढ्नुस्रा जकुमार लेखी एमाले प्रवेश एमाले विधान महाधिवेशन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जोड एमालेका कमिटीहरुमा अधिकतम सदस्य संख्या निर्धारण अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।

विशेष महाधिवेशनमा कोषध्यक्ष राख्नुपर्ने माग पनि उठेको थियो । तर उपमहासचिव पौडेलले यो आवश्यक नपर्ने बताए । कोषध्यक्ष पद राख्दा लोकप्रिय व्यक्ति त चुनिएर आउन सक्ने, चर विषयविज्ञ नहुनसक्ने भन्दै उनले आर्थिक विभाग प्रमुख नै राख्ने परम्परालाई निरन्तरता दिनुपर्ने उनको जोड छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd