+
Search

ताजा अपडेट +

पपुलर +

साहस उर्जाको आईपिओ बाँडफांड- Video सहित

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १७, आईतवार ०४:३२ गते

झापा,असोज १७ ।
साहस उर्जा लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहान शेयर बाँडफांड गरेको हो । यस आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्।

कुल आवेदक मध्ये २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको छ। रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्

। ५ हजार २ सय ८५ वटा आवेदक डीसक्यालीफाईड भएका छन्। कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार साहस उर्जा कम्पनीको वेबसाइट sahasurja.com ,” rel=”noopener” target=”_blank”>sahasurja.com , बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरो शेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । ७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd