ललितपूर, असोज १७ ।
एमालेको विधान महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न र निर्वाचन प्रणाली कम खर्चिलो बनाउन संविधान संशोधन गर्नुपर्ने आवाज उठेका छन । बन्दसत्रमा समूहगत सुझाव दिने प्रतिनिधिहरूले प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो भएकाले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै कम खर्चिलो निर्वाचन प्रणाली अपनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
महाधिवेशनमा शुक्रबार पेस भएको राजनीतिक, सांगठनिक एवं विधान संशोधन प्रस्तावमाथिको समूहगत छलफलपछि शनिबार भएको रिपोर्टिङमा निर्वाचन प्रणालीमाथि पुनर्विचार गर्नुपर्ने मत उठेको हो । दसमध्ये शनिबार पाँच समूहका नेताहरूले रिपोर्टिङ गरेका थिए । सुदूरपश्चिमबाहेक सबै समूहमा निर्वाचन खर्चिलो भएको विषय उठेको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यका कारण देखाएर उपस्थित भएनन् ।
चुनाव प्रणाली कम खर्चिलो बनाउन जोड
२०७८ आश्विन १७, आईतवार ०२:१६ गते
प्रतिक्रिया