+
Search

ताजा अपडेट +

पपुलर +

B&C सञ्चालक दुर्गा प्रसाईं एमाले महाधिवेशन प्रतिनिधि

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १६, शनिबार ०२:५६ गते

झापा, असोज १६ ।
चर्चित मेडिकल व्यावसायी दुर्गा प्रसाईं पनि नेकपा एमालेको विधान महाधिवेशनको प्रतिनिधि हुनुभएको छ । महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएका प्रसाईंले अभिवादन गर्दै फोटो बाहिरिएपछि मात्र धेरैले उहाँ पनि प्रतिनिधिको रुपमा महाधिवेशनमा सहभागी भएको जानकारी पाएका थिए । प्रसाईंलाई झापाबाट महाधिवेशनमा प्रतिनिधि छनोट गरिएको बताइन्छ ।

झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गरिरहेका प्रसाईं पछिल्लो समय एमालेको राजनीतिमा आकर्षित भएको देखिन्छ । प्रसाईंले पार्टीको उपल्लो थलो विधान महाधिवेशनबाट एमालेका कार्यक्रममा औपचारिक इन्ट्री गर्नुभएको छ ।

‘धेरैले मेरो राजनीतिक जीवन बारे थाहा नपाएका होलान् । म राजनीतिमा नयाँ मान्छे होइन तर अब एमालेको राजनीति नयाँ तरिकाले गर्न चाहन्छु,’ प्रसाईंले भन्नुभयो । यसैगरी अर्का मेडिकल व्यावसायी बसुरुद्धिन अन्सारी पनि विधान महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd