झापा, असोज १६ ।
झापामा पिकअप भ्यानको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–५ घोडामारास्थित भित्री सडक खण्डमा शुक्रबार साँझ दक्षिण राजगढ बाट उत्तर चारपाने तर्फ जाँदै गरेको मे १ च २५४६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडक किनारमा उभिरहेका सोही ठाउँका ४० वर्षीया मिना पौडेल र उनकी १५ वर्षीया छोरी आइसा पौडेललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा आमाछोरीलाई ठक्कर दिएर पिकअप पल्टिदा पिकअपमा सवार कनकाई नगरपालिका- ९ निवासी ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्री समेत घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा छोरी आइसाको मृत्यु भएको हो । आमा मिनाको दाहिने खुट्टा,अनुहार र नाकमा चोट लागेको छ भने बोहराको अवस्था सामान्य रहेको छ ।
दुर्घटनामा परी पिकअप चालक कनकाई नगरपालिका –८ स्थित घैलाडुब्बा निवासी ३६ वर्षीय अभय राजवंशीको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको र उपचार पश्चात् इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिएका छन ।
झापामाको बाह्रदशीमा भएको दुर्घटनामा छोरीको मृत्यु, आमासहित दुई घाइते
२०७८ आश्विन १५, शुक्रबार २३:५६ गते
प्रतिक्रिया