झापा, असोज १४ ।
झापाको चारपाने-राजगढ सडकखण्डको घोडामारा मा सवारि दुर्घटना भएको छ । राजगढबाट चारपाने तर्फगइरहेको हात्तिगाडी झापाको बाह्रदशी ५ घोडामारा बाट दक्षिण पट्टीको रहेको ट्रनिङ्न दुर्घटना भएको हो । भे १ च २५४६ नम्बरको हात्तीगाडीले ढक्कर दिँदा स्थानिय आमा र छोरी गम्भीर घाईते भएका छन् । गाडिमा गाँइ र बाच्छाबाच्छी बोकेको रहेका थिए ।

गाडीमा चालक सहित अन्य सवार २ जना समेत घाईते भएका छन् । गाडी तिब्र गतिमा कुदिँरहेको र चालकले मापसे सेवन गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेहरुलाई तत्कालेै एम्बुलेन्समा राखेर हस्पिटल लगिएको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय