+
Search

ताजा अपडेट +

पपुलर +

जंगली हात्तीले वेपत्ता बनाएको महिला मृत फेला

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १४, बिहीबार १२:४७ गते

बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
बिर्तामोड ८ नेपाल चोक बस्ने सुकलाल मर्डी र उनकी ५० वर्षिया श्रीमती लतुमाई मर्डी निगुरो टिपिरहेको अबस्थामा जंगली हात्तीले चन्द्रगढी सामुदायिक बनतर्फ लिएर गएको थियो ।
उनलाई ४ बजे सेती खोलाको पैनीमा मृत अबस्थामा उनी फेला पारेको झापा प्रहरीले जनाएको छ ।

वेपत्ता हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव निरीक्षकको ७ जनाको टोली , नेपाली सेनाको लप्टनको कमाण्डमा ४० जनाको टोली ,सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली , बन कर्मचारी र स्थानीय समेतले जंगलमा खोजी गर्दा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।
उनलाई बिहान ११ः५० बजे भद्रपुर १० देउनियामा हात्तीले तानेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd