+
Search

ताजा अपडेट +

पपुलर +

ट्रायल सेन्टरमा बिचौलियाको बिगबिगी-आफ्नै सवारीसाधनले ट्रायल दिन नपाइने

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १४, बिहीबार ०४:३३ गते

झापा, असोज १४ ।
यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी अनुमति पत्रका लागि ट्रायल परीक्षा दिन पाइने व्यवस्था खारेज गरेपछि बिचौलियाको चहलपहल सुरु भएको छ । सर्वोच्च अदालतको आदेशपछि विभागले आफ्नै नियम संशोधन गर्दै पूर्ववत् अवस्थामा फर्काएको छ ।

सरकारले अघिल्लो साल जारी गरेको ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’मा सवारी ला इसेन्सको ट्रायल परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था थियो । बागमती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूको दबाबमा विभागले उक्त व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधनमार्फत हटाएको बताइन्छ ।

आफ्नै साधनमा ट्रायलको माग व्यवहारिक नभएको यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङका प्रमुख सञ्जय थापाले बताए । आफैँ सवारी लिएर आउनुपर्ने व्यवस्था अव्यवहारिक र अवैज्ञानिक रहेको उनको भनाइ छ । त्यसरी सवारी दिएको खण्डमा चाहिँ बिचौलियाहरू बिगबिगी बढ्ने उनको तर्क छ ।

परीक्षार्थीले आफ्नो सवारी साधनबाट ट्रायल दिन नपाउनुको पछाडि ट्रायल सेन्टर सञ्चालकहरूको दबाब भनेर चर्चा भइरहँदा उनीहरू त्यसको प्रतिवाद गरिरहेका छन् । भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक देवेन्द्र प्रधान, आफूहरू नियमसंगत रूपमा टेन्डरमार्फत एकेडेमी सञ्चालन गरिरहेको बताए । आफूहरूले सरकारको नीति परिवर्तनका लागि दबाब दिन नसक्ने पनि उनको तर्क छ ।

ट्रायल परीक्षामा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्दा जोखिमसँगै पार्किङको समस्या हुने सरकारी पक्षको दलिल छ । अर्कातिर, ट्रायल सेन्टरहरू सुरक्षा र व्यावसायिक दृष्टिले सेन्टरकै सवारी साधनमा परीक्षा दिनुपर्ने पक्षमा छन् । यस विषयमा सर्वोच्च अदालतले पनि पहिलेकै व्यवस्थालाई सदर गर्न आदेश दिएको छ ।

सरकार र ट्रायल सेन्टर सञ्चालकका आ–आफ्नै तर्क भए पनि आम सेवाग्राहीको हित र उनीहरूको सुरक्षालाई मध्यनजर राखी निर्णय गरिनु आवश्यक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd