+
Search

ताजा अपडेट +

पपुलर +

पर्खाल फुटाएर झापाको ग्लाेवल आइएमइ बैकमा चाेरी-अभियुक्त पक्राउ

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १३, बुधबार १५:२० गते

झापा, असोज १३ । पर्खाल फुटाएर ग्लाेवल आइएमइ बैककाे चारआली शाखामा चाेरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । असोज ९ गते राति बैंकको चारआली शाखाबाट ल्यापटप, कम्प्युटर, टेलिभिजन लगायतका विद्युतीय सामग्री चाेरी भएका थिए ।

चारआली चोकमा रहेको सिसि क्यामेराको सहायतामा दुईजना अभियुक्त समातिएका हुन् । पक्राउ पर्नेमा मेचीनगर-१३ घर भएका सञ्जय विश्वकर्मा र प्रवेश सुन्दास रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd