+
Search

ताजा अपडेट +

पपुलर +

दुई सय अंकको गिरावटपछि ५० अंकको वृद्धि, सबै उपसमूहको परिसूचक बढ्यो

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १३, बुधबार १२:१० गते

झापा, असोज १३ ।
तीन कारोबार दिनको निरन्तर गिरावटमा २०४ अंक गुमाएको नेप्से, बुधबार ५० अंक बढेको छ । यस दिन नेप्से परिसूचक १.९३ प्रतिशत अर्थात ५०.५८ अंक बढेर २६६५.९३ विन्दुमा पुगेको छ ।

बजार ओरालो लागेर सबै कम्पनीहरुको शेयरमूल्य सस्तिएसँगै लगानीकर्ताहरु सस्तोमा शेयर खरिद गर्नतर्फ लाग्दा यस दिन बजारले सकारात्मक गति समाएको हो। यद्यपि, यो वृद्धिलाई दीगो भन्न नसकिने जानकारहरु बताउँछन्। नेप्सेको वृद्धिलाई भोल्यूमले साथ नदिएका कारण यस वृद्धिलाई दीगो भन्न नसकिने उनीहरुको भनाइ छ। तर, यसले लगानीकर्ताहरुको मनोबल बढाउन केही मद्दत पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ८.५८ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९९ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने केही घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ७४ करोडको कारोबार भएको बजारमा यस दिन २२९ कम्पनीको ६३ हजार ९१६ पटकको कारोबारमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँ बराबरको ९८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd