झापा, असोज १३ ।
पूर्वकै प्रशिद्ध तीर्थस्थल मध्येको एक हो पाथीभरा । यो ताप्लेजुङ जिल्ला रहेको छ । पाथीभरा माताकाे नामले परिचित यो तीर्थस्थल जान आउन त्यति सहज छैन । ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि एक दिनको पैदल यात्राबाट मात्रै पुगिन्यो पाथीभरा दर्शन गर्न । माताको दर्शनका लागि आवत जावतमा सहज नभएपछि यो वर्ष इलामको कोल्वुङस्थित कुटिडाडाबाट माउण्टेन हेलिकप्टरले सोझैं पाथीभरा मन्दिर परिसरमा पु¥याउने भएको छ ।
विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको थिम्वू पोखरी र ताप्लेजुङको सुकेटार विमानस्थालबाट पनि सोझैं पाथीभरा माताको दर्शन गर्ने ब्यवस्था मिलाइएको सीता एयरका स्टेशन मेनेजर तथा माउण्टेन हेलिकप्टरका को अडिनेटर राम अधिकारीले बताए ।
अधिकारीका अनुसार असोज २१ गते २८ गतेसम्म पाथीभराको दर्शनका लागि हेलिकप्टरले दिनमा दुई पटक दर्शनार्थीलाई पाथीभरा पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको छ ।
यो संगै इलामको कन्याममा समेत फन फ्लाईटको व्यवस्था गरिएको अधिकारीले बताए ।
प्रतिक्रिया