+
Search

ताजा अपडेट +

पपुलर +

को–को बन्दैछ नेकपा एसबाट मन्त्री ?

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १२, मंगलवार ०१:२५ गते

काठमाडौं, असोज ११ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । हिजो राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)–२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेपछि सम्भवतः आजनै गठबन्धन दलले मन्त्रिमण्डल विस्तार गर्ने छन् ।

नेकपा (एस)का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको बताएका छन् । नेकपा (एस)ले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउँदै छ । नेकपा एसले ६ मन्त्रालय पाउने भएको छ । उनले आजै अध्यादेश खारेज भइसकेकोले भाेलीसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको साढे दुई महिना पुग्न लाग्दा पनि अझैसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd