काठमाडौं, असोज ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया