झापा,असोज १०। नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन् । उनले ६१ मत ल्याए। विजयी भएका हुन । उनका प्रतिष्पर्धीहरु मदनबहादुर बस्नेतले ५३, बन्धु कार्कीले ५१, भरत प्रसाईँले ५० र ज्ञानबहादुर चौहानले १२ मत प्राप्त गरेका छन् ।
दुई सचिव पदमा अनिता रिजाल र उत्तम कोइराला निर्वाचित भएका छन् । रिजालले १३४ र कोइरालाले १२१ मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दुर्योधन कार्कीले ६०, टेकबहादुर पाण्डेले ७२ र सन्तकुमार राजवंशी ९सन्तोष०ले ३४ मत प्राप्त गरे । त्यस्तै सहसचिव दुई पदमा नन्दलाल राजवंशी र मणिकुमार राई निर्वाचित भएका छन् ।
राजवंशीले १४४ र राईले ११० मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दीपेशकुमार साहाले ८१ र सन्तोष थापाले ७४ मत प्राप्त गरेका छन् । भद्रपुर ८ स्थित एनसीडिसी भवनमा सभापति, सचिव र सहसचिव पदका लागि आइतबार भएको निर्वाचनमा २३९ मध्ये २२९ जनाले मतदान गरेका थिए । त्यसमध्ये एउटा मत बदर भएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् ।
यता उपसभापति पदमा शनिवार नै दुई जना निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभापति निर्वाचित हुनेमा रमेशचन्द्र झा र भरतचन्द्र गुरुङ रहेका छन् । उपसभापति पदबाट रेखा अधिकारीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
प्रतिक्रिया