+
Search

ताजा अपडेट +

पपुलर +

अर्जुनधारा कांग्रेस सभापतिमा हेमराज खरेल विजयी

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १०, आईतवार ११:५५ गते

झापा, असोज १० । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा सभापति पदका लागि अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् ।उनका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

अन्य पदाधिकारी र सदस्यको छिनोफानो आन्तरिक सहमतिमा भए पनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए । अर्जुनधारा ९ का भिष्म मिश्र र अर्जुनधारा ५ का हेमराज खरेलको उम्मेद्वारी परेको थियो ।अर्जुनधारामा २४८ मतमध्ये २४० खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेल (इशान)ले जानकारी दिए ।यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सहसचिवद्वयमा सञ्जीव पौडेल (इशान) र निरज ढकाल निर्विरोध भइसकेका थिए । यसअघि भिष्म मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति थिए भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति तथा अर्जुनधारा नगरपालिकाका लागि पार्टी संयोजक हुन् । कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd