काठमाडौं, असोज ९ । काठमाडौं किंग्स इलेभेनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) सानदार विजयी सुरुवात गरेको छ । शनिवार टियु मैदानमा भएकाे उद्धघाटन खेलमा काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो।
जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट ब्याटिङमा १४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । काठमाडौंको जितमा रयान बर्ल ३४ बलमा ३ चौका र ७ छक्का सहित ७३ रनमा अविजित रहे । रयानले २७ बलमा अर्धशतक पूरा गरेका थिए । स्पिनर ललित नारायण राजवंशीलाई बर्लले १२ औं ओभरमा चार छक्का र १ छक्का सहित एकै ओभरमा २९ रन जोडेका हुन।
प्रतिक्रिया