+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको दमक पार्टी कार्यालयमा तोडफोड

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ९, शनिबार ००:४४ गते

झापा, असोज ८ । नेपाली कांग्रेस नगर समिति दमकको कार्यालयमा चोरी तथा तोडफोड भएको छ । असोज ७ गते राति कांग्रेसको कार्यालयमा तोडफोड तथा चोरी भएको हो ।

कांग्रेस दमक नगर सहसचिव दीपेश दाहालका अनुसार पार्टी कार्यालयमा तोडफोड गर्दै कम्प्युटर र प्रिन्टर चोरी भएको छ । चोरी घटनाको विषयमा छानबिन गर्न पार्टीले स्थानीय प्रहरी तथा प्रशासनसँग माग गरेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd