झापा, असोज ७ । नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा झापा जिल्ला सभापतीमा दुई नेता बीच सहमती नभए तेस्रो समूह बाट सभापतीमा उम्मेद्वार दिने संकेत देखा पर्न थालेको छ। यस अघि सभापतीमा नाम सार्वजनिक भएका नेताहरू राम कट्टेल र देउमान थेबे बीच सहमति नभए तेस्रो समूह बाट उम्मेद्वार दिने तयारी भइरहेको एक नेताले बताएका छन ।
‘सहमति,सहकार्य र एकता’ कांग्रेसको मूल सिद्धान्तलाई खलबलाउने उद्देश्यले शुरू भएको कांग्रेसको गुट र उपगुटको अधिबेशनले पार्टीलाई क्षति पूर्याउने निष्कर्ष सहित सबै कांग्रेसलाई जोड़न तेस्रो समूहको अब जिल्ला नेतृत्वमा दाबी रहने नाम नबताउने सर्तमा एक नेताले बताए ।
कांग्रेसको अधिबेशन लगत्तै स्थानीय,प्रदेश र संघीय निर्वाचनको लागि नेपाली कांग्रेस एक ढिक्का भएर संगठन निर्माणमा लाग्ने बेलामा पार्टी भित्रै शुरू भएको गुट र उपगुटको राजनीतिले पार्टीलाई १० वर्ष पछि धकेल्छ भन्दै यो अधिबेशनलाई एकताको अधिबेशन बनाउन नेतृत्वमा रहेका सबै नेतालाई उनीहरूले आग्रह गरेका छन ।
प्रतिक्रिया