झापा, असोज ५ । झापामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ९ स्थित घैलाडुब्बा निवासी २० वर्षीय सुमन थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार राती ९ बजे बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ४ प ६८९८ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्री थापालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको थियो ।
उनको उपचारको क्रममा मङ्गलवार मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार रहेकोले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया