+
Search

ताजा अपडेट +

पपुलर +

झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ५, मंगलवार ००:२८ गते

बिर्तामोड, ५ असोज ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश  सर्वसम्मत हुनुभएको छ । पन्ध्र पालिका रहेको जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका  पहिलो भएको हो ।


कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति  भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिनुभयो । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो”, उहाँले भन्नुभयो, “ विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उहाँलाई आधिकारिक  सभापति भएको घोषणा गर्छौं ।”


सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन यस अघिनै भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्रेसका क्षेत्रीय  सभापतिसमेत रहनुभएका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताएका छन ।

गणेशको नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी हुनुहुन्छ । पार्टीका जिल्ला सभापति थापाले अन्य  पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताउनुभयो । गाउँ सभापति सर्वसम्मत हुनुभएको उहाँ यसअघि क्षेत्रीय सदस्य रहनुभएको थियो । पालिकामा २५६ क्रियाशील सदस्य छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd