+
Search

ताजा अपडेट +

पपुलर +

आफैले पालेको गोरूले हान्दा बाह्रदशीमा एक वृद्धाको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ४, सोमबार १५:४३ गते

झापा बाह्रदशी । आफैले पालेको गोरुले हानेर झापाको बाह्रदशी गाउँपालिका- ७ स्थित चप्रामारीकी एक वृद्धाको ज्यान गएको छ । ६० वर्षीया वृद्धा देवका प्रसाईँ चिमरियालाई आइतबार दिउँसो  करिब ३ बजे  तिर आफूले पालेको गोरुलाई पानी दिन जाँदा हानेर घाइते बनाएको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । सो परिवारले उक्त गोरु चार वर्ष पहिले देखि पालिरहेको मृतकका भान्जा चूडामणि तिम्सिनाले जानकारी दिएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd