दर्पण,असोज ४ । राप्रपाले बिभिन्न माग राख्दै बाह्रदशी गाँउपालिमा लगाएको ताला खुलेको छ । राप्रपा बाह्रदशीले बनाएको बार्ता टोलि संग बार्ता गर्ने सहमती बनेपछी अाज लगाइएको ताला खोलिएको राप्रपा प्रदेश न. १ सदस्य जिवन पनेरूले जानकारी दिएका छन ।
ताला लगाएको केहि घण्टापछी गाँउपाली अध्यक्ष खड्क प्रसाद राजवंशी संग उक्त्त सहमति भएपछी ताला खोलिएको हो ।गाउँपालिमा रहेका भित्री बाटोहरूमा रहेका खाल्डाखुल्डी पुर्न गाँउपाली समक्ष बारम्बार ध्यानकर्षण गराउदा पनि मर्मत हुन नसकेकोले राप्रपा बाह्रदशीले तालाबन्धी गरेको थियो ।
कार्यत्रममा राप्रपा प्रदेश नम्बर १ सदस्य राम कुमार शिहं राजवंशी, जिवन पनेरू, राप्रपा जिल्ला कमिटि सदस्य खगेन्द्र पाण्डे , क्षेत्रीय सदस्य विर बाहादुर राजवंशी लगायत राप्रपा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिती रहेको थियो ।
यो पनि पढ्नुहोस्
राप्रपाले गर्यो बाह्रदशी गाउँपालीका तालाबन्दी
https://www.hatemalokhabars.com/2021/09/20/7446/
प्रतिक्रिया