+
Search

ताजा अपडेट +

पपुलर +

संखुवासभा हत्याकाण्डमा नयाँ रहस्य : लोकबहादुरको बुवा सहित थप ४ जना सार्वजनिक

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ४, सोमबार ०७:२८ गते

सङ्खुवासभा । संखुवासभा हत्याकाण्डमा नयाँ रहस्य : मुख्य योजनाकार लोकबहादुरको बुवा रहेको प्रहरीको दाबी, थप ४ जना सार्वजनिक गरिएको छ । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा थप ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की  रहेका छन् । त्यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पनि पक्राउ परेको प्रहरीले  बताएको छ ।

यस्तै, घटनामा संलग्न  भएको आरोपमा नियन्त्रणमा लिइएका चारै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा आरोपीहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइलसमेत बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

गत भदौ २१ गते ८२ वर्षीया पार्वती  कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।  उक्त घटानमा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर  कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd