+
Search

ताजा अपडेट +

पपुलर +

केपी ओली फेरि प्रधानमन्त्री हुन नपाउने !

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ३, आईतवार १५:१३ गते

३ असोज, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ । आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ ।

‘पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था छ’, एक स्थायी कमिटी सदस्यले भने । यस्तो  विधान पास भए पार्टि अध्यक्ष अोली अब प्रधानमन्त्री बन्न पाउने छैनन् ।

स्थायी कमिटिमा एको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् ।

एएमाले अध्यक्ष ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ को आम चुनावपछि उनी फेरि प्रधानमन्त्री बनेका ओली २०७८ वैशाख २७ गते विश्वासको मत  नपाएसँगै पदमुक्त भए ।त्यसको तीन दिनपछि संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत  नलिई संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

त्यसपछि ओलीले विघटन गरेको प्रतिनिधिससभा २८ असारमा सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओली पदच्यूत भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd