+
Search

ताजा अपडेट +

पपुलर +

झापाका बजारमा चाडपर्व लक्षित अनुगमन

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १, शुक्रबार १३:१३ गते

चाडपर्व नजिकएसँगै झापा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले दैनिक उपभोग्य वस्तुको व्यापारीले अनावश्यक मूल्य वृद्धि गर्ने र म्याद गुज्रिएका सामग्री बेचबिखन गरिरहेको अनुगमनका क्रममा पाइएको छ  ।

खाध्यन्न

हायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले जिल्लाका १५ वटै पालिकाका बजार क्षेत्रमा अनुगमन गरिरहेको जानकारी दिनुभयो । स्वास्थ्य, गुणस्तर तथा नापतौल,घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको समितिले खाद्यवस्तुको म्याद, गुणस्तर, मूल्य र नापलाई अनुगमनका क्रममा हेरिने गरेको उहाँको भनाइ छ ।

मापदण्डअनुसार व्यवसाय नगर्नेलाई मौखिकरुपमा सचेत गराइएको सहायक प्रजिअ रिमालले बताउनु भयो ।स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताइछ ।

अनुगमनमा धेरैजसो बिस्कुट, चाउचाउ, चिजवल, सुजी, पिठो, पापड, दाललगायतका सामग्रीको म्याद गुज्रिएको फेला पार्ने गरेका छन । जफत गरिएका सामग्री प्रहरीमार्फत नगरपालिकालाई डिस्पोज गर्न लागि पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd