हातेमालो खबर । संखुवासभाको सामूहिक हत्यामा संलग्न मादी नगरपालिका–१ स्थित उम्लिङका २५ वर्षीय लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याइएको हो । ६ जनाको सामूहिक हत्यामा मृत्यु भएका ६ जनामध्ये रञ्जना कार्कीको हराएको मोबाइल आरोपित कार्कीका भाइको साथमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धनको लागि सदरमुकमा खाँदबारी ल्याएको हो ।
हत्या भएकी ३२ वर्षीया बुहारी रञ्जना कार्कीको मोबाइल लोकबहादुरका भाइ नरेश कार्कीको साथमा भेटिएपछि सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रहरीले जनाएको छ ।हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । मोबाइल बरामदपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिररहेको हो ।
प्रहरीले हत्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी भेट्टाए भन्ने विषयमा अनुसन्धान गरिरहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । हत्यापछि उक्त मोबाइल लोकबहादुरले घरमा लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी नै रहेको छ । गत भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की,श्रीमती कमला,बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
घटनामा संलग्न रहेको अभियोगमा लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरि भदौ २७ गतेनै सार्वजनिक गरिसकेको छ । कार्कीले चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको र त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको प्रहरीसामु स्वीकार गरिका थिए। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया