+
Search

ताजा अपडेट +

पपुलर +

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाइने

मुनाल न्यूज डेक्स
२०७८ भाद्र ३१, बिहीबार १६:५७ गते

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने ‘आईस्पान’ काे निर्णय भएको छ । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले इन्टरनेटको शुल्क बढाउने भएको छ ।

नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि इन्टरनेटको सेवा प्रदायक कम्पनीहरुले पनि शुल्क बढाउने निर्णय गरेका हुन् ।नेपाल विद्युत प्राधिकरणले बढाएको पोल भाडा पुनरावलोकन गर्न नमानेपछि आइस्पानले इन्टरनेटको महशुल बढाउने भएको हो ।

इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान)को बुधवार बसेको बैठकले सहरी क्षेत्रमा प्रतेक ग्राहकसँग प्रति–महिना एक सय ५० र ग्रामीण क्षेत्रमा तीन सय रुपैयाँका दरले शुल्क बढाउने निर्णय गरेको आईस्पानले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणलाई पोल भाडा नबढाउन आग्रह गर्दा पनि प्राधिकरणले नमानेको भन्दै शुल्क बढाउने निर्णय गरिएको आस्पानले जनाएको छ  ।

विद्युत् प्राधिकरणले एउटा पोल प्रयोग गरेबापत प्रतिमहिना दुई सय ५० रुपैयाँ लिने भएपनि अबदेखि किलोमिटरका दरले शुल्क तोकेकेले र हिसाब गर्दा अहिले एउटा पोलको मासिक भाडा सात सय ५०  रुपैयाँसम्म पर्न आउने भएकाले शुल्क बढाउनुको अर्को विकल्प नभएको आस्पानले जनाएको छ ।शुल्क बढाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन  दिने उनीहरूले तयारी गरेका छन् । दूरसञ्चार  प्राधिकरणले इन्टरनेटको अनुमति दिएलगत्तै शुल्क बढ्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd