+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोडमा ठुलो दुर्घटना हुनबाट बच्यो

मुनाल न्यूज डेक्स
२०७८ भाद्र ३१, बिहीबार १३:०७ गते

बिर्तामोड,

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बिर्तामोड–२ भगवान चोकमा ठुलो दुर्घटना हुनबाट टरेको छ । सडक छेऊमा रहेको रुख ढलेपनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।

पुरानो तर ठुलो रुख ढलेको छ,  एक प्रत्यक्षदर्शीले भने – धन्न कसैलाई लागेन । सडक व्यस्त भएको बेला ढलेको रुपमा कोहि कसैलाई लागेको छैन । मुख्य सडक मै ठुलो रुख ढलेपछि आवातजावतमा समस्या भएको छ । अैले पश्चिममा लक्ष्मीपुरदेखि सवारी जाम भएको छ । झापा ट्राफिकका याम बहादुर खड्काले आवातजावत खुलाउने काम शुरु भएको जानकारी दिए । अहिले रुख काट्न थालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd