३१ भदौ,
नेपाल, भारत र बंगलादेशबीच पछिल्ला दिनमा ऊर्जा सम्बन्धी छलफलहरू बाक्लिएका छन् । गत हप्ता नेपाल विद्युत प्राधिकरणको टोली भारत पुगेर फर्कियो । लगत्तै सोमबार र मंगलबार बंगलादेशसँग ऊर्जा सचिवस्तरीय बैठक पनि भयो ।
नेपाल–भारत ऊर्जासम्बद्ध संयन्त्रबीच पनि अनौपचारिक सम्वाद चलिरहेका छन । ठूलो मात्रामा बिजुली खेर (इनर्जी स्पिल) जान थालेपछि नेपाल सरकार अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्न हतारिन थालेकतो छ । तर, अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाउन सकस परिरहँदा खेर जाने बिजुलीको ग्राफ उकालो लाग्दैछ रहेको छ ।
नेपालमा वर्षायाममा सबैभन्दा बढी बिजुली माग हुने साँझको समय (पिक आवर)को माग समेत स्वदेशी उत्पादनले नै धान्न थालिसकेको छ । प्राधिकरणको तथ्यांकअनुसार अहिले बेलुकी करिब १ हजार ४४१ मेगावाट बिजुली खपत भइरहन्छ । यसमध्ये ५०९ मेगावाट प्राधिकरणका आयोजनाहरुबाट र ३८८ मेगावाट प्राधिकरणकै सहायक कम्पनी चिलिमे र माथिल्लो तामाकोशीबाट पूर्ति हुँँदै अाएको छ ।
पिक आवरमा निजी प्रवद्र्धकहरुको आयोजनाबाट पनि ५०८ मेगावाट बिजुली प्रणालीमा आउँछ । बेलुकी पिक आवरमा भारतबाट हुने आयात अहिले १६ मेगावाट मात्र रहेको छ ।
यो तथ्यले प्राधिकरणलाई परेको अप्ठेरो देखाउँछ । प्राधिकरणले पिक आवरमा व्यावसायिक उत्पादन नथालेका तामाकोशीका दुई युनिट बन्द गर्ने गरेको छ । पिक आवरमा कतिपय सीमा क्षेत्रमा बाध्यात्मक रुपमा गर्नुपर्ने बाहेकको आयात पनि आवश्यक पर्न छाडिसकेको छ ।
प्राधिकरणका अनुसार अहिले पिक आवरमै २५० मेगावाट बिजुली खेर गएको छ । दिउँसोको समयमा पनि करिब ३०० मेगावाट र रातको सयममा ४ सय मेगावाटभन्दा बढी बिजुली खेर गइरहन्छ छ ।
गत वर्षको वर्षायाममा पिक आवर बाहेकका समयमा बिजुलीको माग ह्वात्तै घटेर बिजुली खेर फाल्नुपर्ने अवस्था आएको थियो । तर, यो वर्ष पिक आवरमा समेत सबै बिजुली खपत नभएर प्राधिकरण चरम समस्यामा धकेलिएको हो ।
प्राधिकरणका अनुसार अहिले रातको समयमा सबैभन्दा बढी ४०० देखि ५०० मेगावाटसम्म बिजुली खेर जाँदै अाएको छ । वर्षायाममा राति ११ बजेपछि बिहान ६ बजेसम्म उत्पादित बिजुली खेर जान थालेको हो ।
खोला–नदी सङ्लिएर पूर्ण क्षमतामा विद्युत उत्पादन हुने दशैंको बेला अधिकांश कलकारखाना बन्द हुन्छ । त्यो समयमा खेर जाने बिजुलीको मात्रा उच्च विन्दुमा पुग्दछ । गत वर्ष दशैंको सयममा राति ३०० मेगावाटसम्म बिजुली खेर फाल्नु परेको थियो ।
हिजोआजै पनि राति प्राधिकरणले आफ्ना आयोजनाहरु बन्द गर्ने गरेका छन । निजी र आप्नै सहायक कम्पनीहरुका आयोजना बन्द गराउँदा हर्जना तिर्नुपर्ने भएकाले प्राधिकरणले बिजुली खेर फाल्न आफ्नै आयोजना बन्द गर्ने गरेको हो।
यो वर्ष माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको ४५६ मेगावाट बिजुली प्रणालीमा थपिएको हो । अन्य केही साना आयोजनाले पनि उत्पादन थालेका छन् । तामाकोशीका केही युनिटले व्यवसायिक उत्पादन शुरु गरेकाले हर्जना तिर्ने गरी यो आयोजना बन्द गर्नेअवस्था छैन ।
यो खबर अनलाइन खबरमा छ ।
प्रतिक्रिया