+
Search

ताजा अपडेट +

पपुलर +

कार्यकर्ता बिग्रेको होइन, माथि आएका नेताहरू हुन : प्रचण्ड

मुनाल न्यूज डेक्स
२०७८ भाद्र ३०, बुधबार ०७:०४ गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनर्निर्माण गर्न जरुरी भएको बताएका छन्।

पोष्टबहादुर बोगटी दिवाकरको सातौँ स्मृति दिवसमा बोल्दै नेकपा माओवादी केन्द्र देशको विशाल पार्टी भएको र यसको तुलना अरूसँग हुन नसक्ने दाबी गरेका छन ।

क्रान्ति र आन्दोलन भनेपछि लाखौँको संख्यामा सडकमा आउन तयार जनता र कार्यकर्ता अहिले पनि रहेको उनको भनाइ  थियो ।केपी ओलीको प्रतिगमनको विरोधमा सडकमा आएका जनताले पुष्टि गरेको प्रचण्डले प्रस्ट पारे।

दिवाकरको सरलता र नैतिकताबाट पार्टीका नेता–कार्यकर्ताले शिक्षा लिनुपर्ने उनको भनाइ छ। तल्लो तहका कार्यकर्तामा उत्साह रहेको बताउँदै उनले माथिल्लो तहका नेताहरू बिग्रेको आरोप समेत लगाए।

‘बिग्रेको हामी माथि आएका नेता हाे, कार्यकर्ता होइन। गुट गर्दै हिँड्न रमाउने माथिकै नेता हो,’ उनले भने, ‘संगठन र त्यागको तागत यही पार्टीमा रहेकोछ। आफूलाई बदल्न जरुरी छ।’ उनले संविधान संशोधन आवश्यक रहेको बताए। आफू प्रधानमन्त्री हुँदा संशोधन प्रस्ताव दर्ता गराएको पनि पनि उनले उल्लेख गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd