अनेरास्वबियु(क्रान्तिकारी) झापाको १७औं जिल्ला सम्मेलनले झापा अध्यक्षमा रन्जन धमलालाइ छानेको छ ।
मंगलबार झापाको बिर्तामोडमा भएको जिल्ला सम्मेनले उनलाइ उक्त पदको जिम्मेवारी दिएको हो ।
बिर्तामोडमा सम्पन्न १७ औं सम्मेलनबाट धमलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।
जसको उपाध्यक्षहरुमा सन्दिप प्रसाईं, पुजा कँडेल,सुरेन्द्र गिरी,नवीन सिटौला,लक्ष्मी नेपाल,सचिवमा राजन चापागाईं रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष रन्जित तामाङले केपी ओलीको
झापा र काठमाडौं गर्ने दिन अब धेरै नभएको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारजस्ता मानिसका आधारभूत आवश्यकतालाई व्यापार गर्दै केपीले प्रतिगमन गरेको आरोप लगाउँदै
नेता तामाङले अव त्यस्तो कार्यको जनताले विश्वास नगर्ने बताए ।झापा अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा
स्वागत झापा उपाध्यक्ष सरस्वती चम्लागाईले गरेकी थिइन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका सह–इन्चार्ज झलकसिंह दर्लामी, संयोजक मणिकुमार साम्पाङ, वाइसिएनल
नेपाल झापा अध्यक्ष दधिराम रिमाल, पार्टीका गौरीगञ्ज अध्यक्ष विद्यानन्द राजवंशी, संगठनका केन्द्रिय सचिव मदन भट्टराई,
संविधानसभा सदस्य मोहन टुडु, प्रदेश सदस्य लक्ष्मी न्यौपाने, विरेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य बालकुमार केसी, मनिषा आचार्य, प्रदीप बाँस्कोटा, खगेन्द्र सुवेदी, रवी बस्नेत,
भक्त शंकर, पार्टीका प्रदेश सदस्य सीपी कडरिया, गगन पुरी, कल्पना कार्की, वोधराज दाहाल, राजु चुडाल, पूर्व
विद्यार्थी नेता तथा शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, पार्टीका जिल्ला सदस्य भानु दंगाल, जिल्ला सचिवालय
सदस्य बासु दुलाल, डण्डिराज गुरागाई, जिल्ला कार्यालय सदस्य अरुण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया