+
Search

ताजा अपडेट +

पपुलर +

गैंडाकोटमा बस र ट्रक ठोक्किंयो ३ जनाको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २९, मंगलवार ०३:०२ गते

२९ भदौ,

। नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक एकआपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २0  जना भन्दा बढी घाइते भएका छन् ।

गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान पख आपसमा ठोक्किएका हुन् ।

बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिकाए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुल्नसकेको छैन, दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd