+
Search

ताजा अपडेट +

पपुलर +

झिनो अंकले नेप्से सूचक हरियो, कतातिर मोडिए लगानीकर्ता ?

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २८, सोमबार १०:१३ गते

अन्ततः बजार बन्द हुने बेलामा नेप्से सूचक हरियो बनेको छ । कारोबारको पहिलो प्रहरमा आकर्षक हिसाबले बढेको नेप्से बजार बन्द हुनेमा बेला थोरै प्रभावित भएको हो । तथापि, बन्द हुँदा सूचक हरियै रहन सफल भएको छ । यसले सकारात्मक संकेत गरिरहेको जानकार हरू बताउछन। नेप्से सूचक ०.२७ अंकले बढेर २९४७.६९ अंकमा अडिएको छ । अघिल्लो दिन बजार बेस्सरी बढेकाले पनि नाफा बुक गर्नेहरु अल्पकालीन कारोबारीहरु सक्रिय हुँदा सूचक अन्तिम प्रहरमा केही दबाबमा परेको हो ।

शूरूवाती समयमा बढेपनी कारोबारको अन्तिम समयमा हाइड्रोपावर समूहमा अलिबढी बिक्रेता हावी भए । यस दिन निर्जीवन बिमा समूहतर्फ लगानीकर्ताको आकर्षण मोडिएको पाइएको छ । अन्य समूहको तुलनामा यसको सूचकमा अलिबढी तेजी छ । १३ मध्ये ७ समूहको सूचक बढेको छ । यतिबेला केन्द्रीय बैंकको नीतिका कारण सेयर बजार प्रभावित भएको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

यो लाभांशको सिजन हो । सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेका छन् । उनीहरुले अब लाभांश घोषणा गरेपछि साधारण सभा बोलाउनेछन् । सभाबाट पारित भएपछि लगानीकर्ताको खातामा लाभांश पठाउने कार्य सुरु हुनेछ ।

विशेषगरी सेयर धितो कर्जामा १२ करोडको सीमा र नवीकरणलाई परिमार्जन गर्नुपर्ने विषय लगानीकर्ताहरुले उठाइरहेका हुन। यस विषयलाई केन्द्रीय बैंकले ढिलोचाँडो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । लगानीकर्ताहरुलाई धितोपत्र बोर्ड र राष्ट्र बैंकले वार्तामा पनि बोलाएको छ । लगानीकर्ताका जायज मागहरु पूरा भएमा बजारका लागि सकारात्मक पक्ष हुनेछ ।

यसर्थ, यतिबेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । घटेको बजार बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी रहन्छ । लाभांशको मुखमा बजार घट्दा पेनिक हुन नहुने अनुभवी लगानीकर्ता विश्लेषकहरु बताउँछन् । मुखैमा आइसकेको लाभांश फुत्किन सक्नेतर्फ सर्वसाधारण लगानीकर्ता सचेत हुन आवश्यक छ ।
लगानी गर्दा कम्पनीहरुको प्रमुख वित्तीय विवरण, लाभांश क्षमता, कम्पनीको भावी योजना लगायतमा ध्यान दिनुपर्छ । यसैगरी, लगानी गरिने अवधि, होल्ड गर्न सक्ने समयका बारेमा पनि ख्याल गर्न जरुरी हुन्छ । कम्पनीको मूल्य, पीई रेसियो, प्रतिसेयर आम्दानी, नाफा, रिजर्भ र बजारको सम्रग ट्रेन्डलाई ख्याल गरी खरिदबिक्रीको निर्णय लिन सक्नुपदर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd