+
Search

ताजा अपडेट +

पपुलर +

व्यवस्थापक रेग्मीलाई पितृशोक

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २८, सोमबार ०९:५० गते
 शिखर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लिलानाथ रेग्मीलाई पितृशोक परेको छ ।उनका पिता झापा बाह्दशी गाउँपालिका वार्ड नं. –७ सिमलचोक निवासी मेघनाथ रेग्मीको भदौ २४ गते ८७ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

स्व.रेग्मीका श्रीमती वेदकुमारी रेग्मी , चार जना छोरा ,छ जना छोरी नाती नातिनी १७ जना र पनाती पनातिनी १० जना रहेका छन् । उनका छोरा –बुहारीहरुमा गायत्रीप्रसाद – कल्पना रेग्मी, टंकप्रसाद – शोभा रेग्मी , लोकनाथ – सञ्जु रेग्मी र लिलानाथ – खोमादेवी रेग्मी रहेका छन् ।

त्यस्तै छ जना छोरी – ज्वाईंहरुमा सीता – मित्रलाल काफ्ले , गीता –ठमनाथ लम्साल, विमला –शान्तिराम अधिकारी , गुणमाया –पुण्यप्रसाद अधिकारी, तारा – तारा आचार्य, र शारदा –देविन्द्र तिम्सिना रहेका छन् ।

उनका छोराहरु मध्ये गायत्रीप्रसाद जरोकिलो महाअभियानका अग्रणी अभियन्ता, सहृदयता अन्तर्राष्ट्रिय मलेसियाका संयोजक हुन् भने टंकप्रसाद अधिवक्ता हुन् । त्यस्तै लोकनाथ चिरायु नेशनल अस्पताल काठमाडौंका विभागिय प्रमुख तथा सञ्चार संयोजक हुन् भने लिलानाथ शिखर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र दि रोयल सटिङ एण्ड सुटिङ बिर्तामोडका सञ्चालक रहेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd