+
Search

ताजा अपडेट +

पपुलर +

एमसिसी तत्काल पारित गरियोस् : सुमार

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २८, सोमबार ००:५३ गते

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी कम्प्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष फतेमा जेड सुमारले एमसिसी सम्झौता सदनबाट पारित गर्न विलम्ब भइसकेको बताएकी छिन् । नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलन गरेर सुमारले समयको विलम्बलाई बुझ्न नेपाल सरकारसँग आग्रह समेत गरिन् ।

उनले एमसिसी नेपाली जनताको हितमा रहेको पनि बताइन् । एमसिसी पारित नभए नेपाल अमेरिका सम्बन्धमा कस्तो असर पर्छ भन्ने पत्रकारको प्रश्नमा सुमारले भनिन्, ‘नेपाल र अमेरिकाबीचको सम्बन्धमा एमसिसी मात्र होइन, अरू पनि छन् ।’

उनले एमसिसी कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषय नेपाल सरकारको हातमा रहेको पनि बताइन् । पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सबै पक्ष सकारात्मक छन्, नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, उद्योगी व्यवसायी, महिला नेतृलगायत सबैसँग मैले कुरा गरेँको छु । एमसिसीबारे सबै सकारात्मक पाएँ । पारित हुन्छ भन्नेमा आशावादी रहेकिछु ।’

नेपाल भ्रमणका क्रममा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाललगायतसँग लगायत नेपालका प्रायजसो प्रभावकारी नेतासंग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd