भदाै २७,
संखवासभाको उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले एकअरोपितलाई सार्वजनिक गरेको छ। घटना भएको सातै दिन आइतबार आज प्रहरीले एक स्थानिय नातामा भतिजो साइनो पर्ने २६ बर्षीय युवकलाइ सार्वजनिक गरेको छ । घटनाको भएको छैटौँ दिन शनिबार लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो।
हत्या आरोपमा मृतकका छिमेकी भतिजो साइनो पर्ने लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो। लोकबहादुरले हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मलेनमा प्रदेश १ का प्रमुख डिआईजी अरूणकुमार बिसीले जानकारी दिएका छन।
घटनाको प्रारम्भिक अनुसन्धानमा पारिवारिक रिसइबीका कारण हत्या भएको देखिएको छ। पक्राउ परेका लोकबहादुरले तेजबहादुर कार्कीको मात्रै हत्या गर्ने योजना रहे पनि परिवारका अन्य सदस्यले देखेपछि प्रमाण लुकाउन सबैको हत्या गरेको स्विकारेको प्रहरीले पत्रकार सम्मेलनका त्रममा बताएको छ।

lockbahadur
सोमबार बिहान एकै घरका ६ जनाको सामूहिक हत्या भएको थियो। सोमबारदेखि संघीय इकाइ प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहाल नेतृत्वको टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी रुकमबहादुर कुँवरको टोली र जिल्लास्थित डिएसपी लालध्वज सुवेदी र चैनपुर इलाका प्रहरी चौकीका इन्स्पेक्टर योगराज खतिवडालगायत ४० जनाभन्दा बढी सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएका थिए। मृतक परिवारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि बुधबार इटहरीको बुढीगंगामा अन्त्येष्टि गरिसकेको थियो ।
गत सोमबार बिहान मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको सामूहिक हत्याले सिंगो गाँउनै सोकमा डुबेको छ ।
प्रतिक्रिया