+
Search

ताजा अपडेट +

पपुलर +

अर्जुनधारामा ग्यास लिक भई आगलागी-तीन जना घाइते

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २६, शनिबार १५:३३ गते

बिर्तामोड,

झापाको अर्जुनधारामा नयाँ ग्यास सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा झापा अर्जुनधारा–७ का ४२ वर्षीय रोमनाथ खनाल, ३८ वर्षीया श्रीमति दुर्गा खनाल र १८ वर्षीय छोरा पंकज खनाल रहेका छन् । प्रहरीका अनुसार रोमनाथको शरीरमा आगोले जलेको छ । उनी सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन् ।

श्रीमती र छोराको शरिर पनि जलेको छ । शनिवार साँझ नयाँ ग्यास सिलिण्डर जोडने क्रममा लिक हुँदा आगलागी भएको प्रहरीको भनाई रहेको छ । आगलागीबाट घाइते भएकाहरुको उपचारका लागि विराटनगरस्थि नोवेल हस्पिटल पठाइएको छ ।घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली पुगेको थियो । प्रहरी, स्थानीयबासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मी र स्थानीयबासीको सक्रियातामा ठुलो क्षति हुन नपाएको स्थानीयको भनाई छ ।

 

 

 

इजलास दैनिकबाट..

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd