+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले बलमिच्याई गरेर नयाँ बजेट ल्याएकोमा एमालेको आपत्ती

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २६, शनिबार १२:२७ गते

२७ भदौ, काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको उसको आरोप रहेकोछ । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको हो ।

‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह पनी नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् । अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गर्दै हचुवाका भरमा आयोजना थपेको  एमाले सचिव भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd