+
Search

ताजा अपडेट +

पपुलर +

इम्बोस्ड नम्बर प्लेट खारेजलगायतका ११बुँदे मागसहित यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २२, मंगलवार ०७:५९ गते

हातेमालो सम्बाददाता,काठमान्डाै

इम्बोस्ड नम्बर प्लेट खारेजलगायतका ११बुँदे मागसहित यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्। सरकारले सार्वजनिक यातायात र ट्याक्सीको भाडा समायोजन नगरेको, इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग नगरेको, विदेशी कम्पनीलाई यातायातको सबैखाले सूचनाको रेकर्ड दिन खोजेको लगायतका बिषयमा अापत्ती जनाउदै यातायात व्यवसायीहरूले कार्यालय घेराउ गरेका हुन्।

अाज मंगलबार उपत्यकाका सबैजसो व्यवसायीहरू ११बुँदे माग राख्दै विभागअगाडि धर्ना दिन पुगेका छन्। सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्दा कम लेखपढ भएका नागरिकहरूले नबुझ्ने, नम्बर प्लेट पटकपटक फेर्नुपर्ने झन्झट हुने, नम्बर प्लेट फेर्दा महँगो पर्ने भएकाले यसलाई खारेज गर्नुपर्ने माग व्यवसायीको रहेकोछ। त्यस्तै, कोरोना महामारीको वेला बैंक तथा वित्तीय संस्थाहरूबाट यातायात व्यवसायीले ब्याज छुट नपाएको, पेट्रोलको मूल्य बढाएको, सडक कानुन लागू नभएकोलगायत माग व्यवसायीले राखेका छन्।

उनीहरूले ट्याक्सीको मिटर दर बढाउन माग पनि गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले सरकारले व्यवसायीहरूको माग पूरा नगरेकाले धर्नामा उत्रिएको बताएका छन । उनले भने, ‘यातायात क्षेत्रमा सरकारले ल्याएका धेरैजसो नियमको हामीले विरोध गरेका छौँ। व्यवसायीका माग पूरा नभए निरन्तर धर्ना दिन्छौँ ।’ उनले सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन नगरे महासंघले नै भाडादर तोक्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd