+
Search

ताजा अपडेट +

पपुलर +

हालसम्मकै उच्च अंकको वृद्धिसँगै नेप्सेमा बन्यो नयाँ रेकर्ड-बजारको आकर्षक बाउन्सब्याक

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २२, मंगलवार ०२:१५ गते

नेपाली सेयर बजारमा सोमबार आकर्षक बाउन्सब्याक भएको छ । बजार  १६१.९४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक पनि २९८०.७९ को विन्दुमा उक्लिएको छ। नेप्से उच्च अंकले उकालो लागेको यो इितहासकै पहिलोपटक हो। योसँगै नेप्सेले भारी अंकको बढोत्तरीको नयाँ कीर्तिमान कायम गरेको छ।

 

आइतबार बजार १०८.२६ अंकले ओरालो लागेको थियो। सेयर धितो कर्जाको सीमाको विषयले उग्र रुप लिँदा हिजो बजारमा पहिरो गएको हो। तर, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस विषयमा पुनरावलोकन गर्न सकारात्मक देखिएको समाचार हातेमालो खबरमा प्रकाशन भएसंगै बजारमा बजार उछाल आएको हो।

सेन्सेटिभ इन्डेक्स पनि ३१.४१ अंकले बढेर ५५३.४० को विन्दुमा उक्लिएको हो। कारोबार रकम भने पौने १० अर्ब रुपैयाँ बढीको भएको छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले सेयर बजारको पछिल्लो अवस्थाबारे सरकारबाट सम्बोधन हुने भएपछि बजार बाउन्सब्याक भएको बताउनु भएको छ । ‘लगानीकर्ताहरुको गुनासो सम्बोधन हुन सक्ने देखियो, जसले गर्दा लगानीकर्ताको मनोबल बढ्यो’, उनले भनेका छन, ‘बजार बढ्नुको अर्को कारण भनेको यतिबेला प्रतिफल घोषणा समय भएकोले पनि हो।’

आगामी दिनमा पनि बजार करेक्सन हुँदै माथि नै जाने ढकालको दाबी रहेको छ। ‘बजार बुलिस नै छ, अझै २ वर्ष बुलको चक्र रहेको छ’, उनले भने, ‘त्यसैले सानातिना करेक्सनमा आत्तिनुभन्दा पनि राम्रा कम्पनी छानेर लगानी गर्दा उचित प्रतिफल प्राप्त हुन सक्छ।’ उने भने ।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४६ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्ला तामाकोशीको २४ करोड ९२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १९ करोड ९९ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १९ करोड ८७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड ८१ लाख रुपैयाँ, नबिल बैंकको १९ करोड ६ लाख रुपैयाँ, नेपाल बैंकको १८ करोड ८८ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १८ करोड ७६ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको १७ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd